आज:  | Tue, 29, Apr, 2025

श्रीमानसंग विवाद भएपछी एक महिलाद्वारा आत्मदाहको प्रयास

१६ बैशाख २०८२, मंगलवार १२:१३ मा प्रकाशित ( १२ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१६ वैशाख ।

काठमाडौंको महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।

बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले श्रीमानसँग विवाद भएपछि उनले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् । आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।

आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएकी बिना श्रेष्ठको करिब २५ प्रतिशत शरिर जलेको छ । अहिले उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।

आगोले उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस