आज:  | Mon, 28, Apr, 2025

आज भने सुनचाँदीको केही मूल्य घट्यो, उपभोक्तालाई कारोबारमा राहत

१५ बैशाख २०८२, सोमबार १२:५८ मा प्रकाशित ( ८ घण्टा अघि) १७३७ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १५ वैशाख।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही घटेकोले उपभोक्तालाई कारोबारमा केही राहत मिलेको छ । शोमबार छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यसअघी छामावाला सुनको मुल्य तोलामा झन्डै २ लाखको हाराहारीमा पुगेको थियो । विशेष गरी विहे जस्तो ठुला कार्यमा नभई नहुने सुनको भाउ आकासिएपछी सामान्य स्तरको समुदायका उपभोक्ताहरु चिन्तित हुने गरेका छन् ।

आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ रहेको थियो, जसअनुसार आज तोलामा १ हजार ४ सय रुपैयाँको गिरावट आएको हो ।

चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएकोमा आज(सोमबार )चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस