आज:  | Sat, 26, Apr, 2025

नारी केन्द्रद्वारा६दिने तालिम सम्पन्न,९६ जनाले व्यवशाय तथा सशक्तिकरणको सिप पाए

१३ बैशाख २०८२, शनिबार ०७:३९ मा प्रकाशित ( १४ घण्टा अघि) ३०७० पटक पढिएको
नारी बाटिका


धादिङ १३ वैशाख।
पहिलो समयमा व्यक्तिमा छाएको निरासा र दिक्दारी पनलाई सकारात्मक क्षेत्रमा प्रयोग गर्न नारी जागरण केन्द्रद्वारा संन्चालित ६ दिने तालिममा ९६ जना महिलाले उर्जा हाँशिस गरेका छन् ।

व्यवशाय तथा महिला सशक्तिकरणको माध्यमबाट सिप विकास गराउन निलकण्ठ नगरपालिकासंगको सहकार्यमा २ चरणमा संन्चालित व्यवशाय सचेतना तथा महिला सशक्तिकरण तालिम सम्पन्न भएको हो । 

निलकण्ठ नगरपालिकाभित्रका १४ वटै वडाका महिला समुह,वडा समुह तथा किसानी महिला प्रतिनिधिहरुको लागी व्यवशायीक सचेतनना तालिम वैशाख ७ देखी सुरु गरिएको थियो ।

घर तथा समाजमा हुने हिंसा निवारणको लागी महिला आफै सक्षम,सवल र आत्मनिर्भर बन्नको लागी व्यवशायिक सिप हुन जरुरी रहने भएकोले

निलकण्ठ नगरपालिका अन्तर्रगतका वडाका किसानी,व्यवशाय संन्चालन गरिरहेका ,लक्षित समुह,तथा व्यक्तिहरु तथा महिला प्रतिनिधिहरु, प्रतिनिधिहरुको सहभागितामा तिन,तिन दिने तालिमको आयोजना गरिएको हो ।

नारी विकास सहकारी संस्थाको व्यवस्थापन सहयोगमा वैशाख ९ गतेसम्म एउटा ग्रुप र अर्को गु्रपको लागी ,वैशाख १० देखी १२ गतेसम्म ३।३ दिनको तालिम अवधी रहेको थियो ।यस २ चरणको तालिममा ९६ जना जनाको सहभागिता रहेको थियो ।

तालिमको पहिलो र दोस्रो दिन निलकण्ठ नगरपालिकाका पशु विकास शाखाका अधिकृत कासी राज रेग्मी,सुवास खतिवडा र राजेश कोईराले व्यवशायिक बाख्रापालन तथा व्यवशायको महत्व,बाख्रामा लाग्ने रोग,प्रजनन् स्वास्थ्य,पोसिलो घाँस,दाना,आहारा,व्यवशायिक योजना,बजारीकरण,खोर सुधार लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

यससंगै तालिमको तेस्रो दिनमा पछिल्लो समयमा सामाजिक संन्जालको दुरुपयोग गरी अनलाइन ठगी,साइब्रर क्राईम,लैंगिक र घरेलु हिंसा,हिंसा हुनुको कारण,हिंसा हुने क्षेत्र,  सामाजिक संन्चालको दुरुपयोगबाट हुन सक्ने जोखिमबाट सावाधान रहने उपायहरु र यस्ता समस्या परेमा नेपाल प्रहरीले गर्ने सहयोग,न्याय लगायत सम्वन्धि र मानसिक स्वासथ्य समस्या,बालबालिका प्रति अभिभावकले गर्नु व्यवहारहरुको बारेमा जिल्ला प्रहरी कार्यलयका प्रमुख एव्ं प्रहरी उपरिक्षक दिपेन्द्र शाही,प्रहरी नायव उपरिक्षक सुवास हमाल,मनोसामाजिक प्रशिक्षक रामकुमार थापा,महिला अधिकारकर्मी भगवती उप्रेतीले प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै केन्द्रकै आयोजनामा सिपमुलक तथा मानसिक तनाव व्यवस्थापन तथा समयानुसार आफुलाई स्थापीत गराउनको लागी समय सापेक्ष यही वैशाख १८ देखी २२ सम्म पाँच दिने तालिम समेत हुंदै छ । सहजकर्ता भने सम्वन्धित वाध्यवादन क्षेत्रका प्रशिक्षक जिल्ला बाहिरबाट ल्याईने भएको आयोजक संस्था केन्द्रले जनाएको छ  I

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस