आज:  | Sat, 26, Apr, 2025

धादिङमा बैशाख १३ बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल हुदै

११ बैशाख २०८२, बिहीबार १८:१२ मा प्रकाशित ( २ दिन अघि) १४८९ पटक पढिएको
नारी बाटिका


धादिङ ११ बैशाख

धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता वैशाख १३ गतेदेखि हुने भएको छ ।

सदरमुकाम धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा यहि वैशाख १३ गतेदेखि १५ सम्म १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता कार्यक्रमको आयोजना गरिने खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिएका छन्।

खेल यही बैशाख ११ गतेबाट आयोजना गरिने भनिएता पनि कक्षा १२ को परिक्षालाई मद्यनजर गर्दै स्थगित भएको थियो। वैशाख ११ देखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण उक्त समयलाई सारेर आउँदो २१ गतेदेखि गर्ने गरी राष्ट्रीय परिक्षा बार्डले परिक्षाको नयाँ मिति तोकेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङको भनाइ छ ।

खेलमा सहभागि हुन जिल्लाको १३ वटै पालिकालाई पत्राचार गरि सकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले बताए । सबै पालिकाले स्थानीय स्तरको रनिङ शिल्ड गरेको भएपनि शिक्षकहरूको आन्दोलनका कारण १३ गतेबाट हुने जिल्ला स्तरीयमा कति पालिका सहभागी हुन्छन् भन्ने एकिन नभएको अध्यक्ष तामाङको भनाइ छ ।

यहि बैशाख १५ गतेभित्र खेलाडी छनोट गरि पठाउन बागमती प्रदेश खेलकुद विकास परिषद्ले निर्देशन दिएपछी तत्कालै निर्णय गरी १३ गतेबाट प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष तामाङको भनाइ छ । खेलको व्यवस्थापन गर्ने समय कम भएकोले प्रतियोगितामा उद्घाटन समारोह नहुने उहाँको भनाइ छ ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन ट्रयाक सुट र किट प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । गत वर्ष सम्पन्न १३ औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो ।

साथै बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत यहि बैशाख महिनामा संचालन हुने बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस