आज:  | Sat, 26, Apr, 2025

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

१० बैशाख २०८२, बुधबार १९:५९ मा प्रकाशित ( ३ दिन अघि) ११७९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० वैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्नु भएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले संन्चार माध्यलाई जानकारी दिए।
बजगाईंका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथग्रहण भोलि बिहीबार हुने बताइएको छ।

संविधान अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रीको नियुक्ति हुने व्यवस्था छ। प्रधानमन्त्रीले पन्तलाई नियुक्तिको सिफारिस राष्ट्रपति समक्ष गरिसकेका छन्।

दुई दिनअघि शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो। पन्त नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस