आज:  | Tue, 22, Apr, 2025

१२ को परीक्षामा सहभागी हुँदैनौँ’ आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘

९ बैशाख २०८२, मंगलवार १९:४५ मा प्रकाशित ( ५ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ वैशाख ।

आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षालाई बहिस्कार गर्ने भएको छ । परीक्षा बोर्डले वैशाख ११ गते देखी संन्चालन हुनेगरी कक्षा १२ को परीक्षा निरन्तरता दिन निर्णय गरे लगत्तै महासंघले सो परीक्षा बहिस्कार गर्ने निर्णय गरेको हो ।

मंगलबार महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सयुक्त हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै सरकालाई असहयोग गर्न आव्हान गरेका हुन्। उनीहरुले गत चैत २० देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनका यस अवधिमा उत्तर पुस्तिका परीक्षण,नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’

विज्ञप्तिमा भनिएको छ, ‘ २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’

यससंगै विज्ञेप्तिमा भनिएको छ,शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन पनि महासंघले अपिल गरेको छ ।

यस सम्वन्धमा सरकार भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस