आज:  | Tue, 22, Apr, 2025

शिक्षा मन्त्री भट्टराईले राजीनामा दिइन्,झन् झन् पेचिलो बन्दै शिक्षक आन्दोलन

९ बैशाख २०८२, मंगलवार ०७:१६ मा प्रकाशित ( ४ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ वैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

पछिल्लो समयमा लामो समयसम्म सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा सबै शैक्षिक गतिविधि ठप्प पारी सडक आन्दोलन गरिरहँदा उनलाई काम गर्नमा निकै असहज भएको महशुस गरी मन्त्री भट्टराईले मन्त्रीको पदबाटै राजीनामा दिनु पर्ने अवस्था आएको हो ।

शोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपराह्न करिब ५ बजेतिर भेटेर उहाँले राजीनामा दिएकी हुन्। भन्न त मन्त्री भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको भनितापनि शिक्षकका लामो आन्दोलन,उता देशभरका विद्यालयका सम्पुर्ण गतिविधिमा ठप्प हुनु र यस्तो परिस्थितिमा प्रधानमन्त्रीले आफुलाई सहयोग नगरेकोले उनलाई निकै असहज भइरहेको थियो । यद्यपि मन्त्री भट्टराईको सचिवालयले स्वास्थ्यका कारण राजीनामा दिएको जानकारी दिएको छ।

‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उहाँका स्वकीय सचिव अशेष पोखरेलले संन्चारमाध्यमसँग प्रतिक्रिया दिदै, भनेको छ ‘उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनु भएको हो।’

यद्यपि चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित लामो समयको आन्दोलन गरिरहेका छन्।
विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईले राजीनामा दिएकी कारण अब झन् शिक्षकको पेचिलो बन्दै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस