आज:  | Mon, 21, Apr, 2025

आजसम्म शिक्षक आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा स्थगित हुने

८ बैशाख २०८२, सोमबार ०७:३३ मा प्रकाशित ( ११ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


काठमाडौं -८ वैशाख।

आन्दोलन रोकिने छाँटकाँट पनि देखिदैन । किनकी महासंघले आजबाट त झन् सबै निजी विद्यालयहरु पनि बन्द गर्न उर्दी जारी गरेको छ ।

देशभर कक्षा बाह्रको परीक्षा गर्ने अन्तिम तयारी भएर पनि २० दिनदेखी शिक्षकले गरेका आन्दोलनका कारण परिक्षा रोकिएको छ । त्यतिमात्रै नभई एसईई दिएर बसेका बालबालिकाको आजसम्म उत्तरपुस्तिका समेत जाँच गरिएको छैन । यसका साथै शिक्षको ३ सातादेखी जारी रहेको आन्दोलन फिर्ता नलिएसम्म कक्षा बाह्रको परिक्षा हुने सम्भावना नहुने देखिएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार –आज (सोमबार)भित्र आन्दोलनरत शिक्षक केन्द्रमा प्रवेश नगरे परीक्षा हुन कठिन बताउनु भयो । ‘हामी त एकदिन अघिसम्म प्रश्नपत्र पठाएर परीक्षा लिन तयार छौ, तर परीक्षा संचालन र व्यवस्थापन गर्ने जिम्मा लिएका शिक्षकहरु परिक्षा केन्द्रमा नगएसम्म परीक्षा हुन कठिन छ भन्नु भयो।

‘हालसम्म स्थगित गरेका छैनौ, तर आजसम्म आन्दोलन जारी रहे परिक्षा हुने सम्भावना छैन–बोर्ड स्रोतले बताउँछ । परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, जिल्लास्थित परीक्षा समन्वय समिति लगायतसंग छलफल जारी राखेको छ जनाएको छ ।

‘खै वैशाख ११ मा परीक्षा हुने छाँटकाट देखिँदैन । शिक्षकको आन्दोलनको कारण यो वर्षको कक्षा १२ को परीक्षा रोकिने अवस्था भएको छ’–परिक्षा बोर्डको भनाई छ। बोर्डले सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकेको छ । अनलाइनबाट प्रश्नपत्र पठाउने भएपछि कुनै समस्या छैन । विद्यालयका प्र.हरुनै आन्दोलनमा आएका छन् भने केन्द्राध्यक्षहरु पनि परीक्षा केन्द्रमा नगएको कारण गम्भीर असर गरेको छ, परीक्षा लिनसक्ने अवस्था छैन’–बोर्डका अधिकारीले बताएका छन् ।

शिक्षक नै परीक्षा केन्द्रको केन्द्राध्यक्ष,निरीक्षक हुने भएकोले उनीहरुको सहयोग नभएको कारण परीक्षा स्थगित हुन लागेको हो । उल्टै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)का अध्यक्ष होमकुमार थापाले केहीदिन परीक्षा स्थगित हुँदा कुनै समस्या नहुने बताउदै सरकारले शिक्षकको मागप्रति चासो नदिँदा समस्या परेको आरोप लगाए ।

आन्दोलन रोकिने छाँटकाँट देखिदैन । किनकी महासंघले आजबाट त झन् सबै निजी विद्यालयहरु पनि बन्द गर्न उर्दी जारी गरेको छ । कक्षा १२ को परीक्षामा १ हजार ५सय ९१ परीक्षा केन्द्र छ । केन्द्र कायम भएका अधिकांस सामुदायिक विद्यालय नै हुन् । बिसं २०५६ देखि ०७७ सम्मका ३८ हजार परीक्षार्थी छन् । आंशिक तर्फ ९९ हजार ७ सय ९३ र नियमिततर्फ ३ लाख ९७ हजार ९ सय ७५विद्यार्थी छन् ।

परीक्षामा करिब ४४ हजार जनशक्ति परिचालित हुनेछन् । ती सबै विद्यालयका प्रअ.देखि शिक्षक,कर्मचारी र कार्यालय सहयोगी छन् । नियमित,आंगिक र २२ वर्ष पुराना परीक्षार्थीसहित ५ लाख ५१ हजार परीक्षार्थी सहभागी हुनेछन् ।

महासंघले ६ दिनअघि केन्द्राध्यक्ष, निरीक्षक लगायत सबैलाई कुनैपनि काममा संलग्न नहुनसबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको थियो । परीक्षा बोर्डका अध्यक्ष शर्माले १२ कक्षाको परीक्षामा सबैले सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले यसरी तोकिएको समयमा परिक्षा रोकिएर –परीक्षा भएन भने अन्तर्राष्ट्रिय रुपमा नेपालको शाख गिर्नेछ, त्यसैले शिक्षकले परीक्षा रोक्नु हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस