आज:  | Mon, 21, Apr, 2025

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को हिजोको निष्कर्ष बिहिन भएपछी बैठक आज पनि जारी

८ बैशाख २०८२, सोमबार ०६:५३ मा प्रकाशित ( १२ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ वैशाख।

न्यायाधीश नियुक्तिका लागि आज न्याय परिषद्को बैठक बस्दैछ। आइतबार बसेको बैठकमा निष्कर्ष विहिन भएपछी आज (सोमबार) पनि सोही बैठक बस्न लागेको हो।

स्रोतका अनुसार आइतबार नै न्यायाधीश नियुक्ति गर्ने गरी बैठक बसिएपनि सहमति जुट्न नसकेपछी बैठक स्थगित भएको थियो ।आइतबार अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बैठक बसेको र दुई घण्टासम्म छलफल भएतापनि निर्णय नभई टुंगिएको थियो।

नेपाल बार एसोसियसनको चुनाब सम्पन्न भई नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएको छ। देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीशको पद रिक्त रहेको छ।

प्रधानन्यायाधीश राउत अध्यक्ष रहनु भएको न्यायीक परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगरहरु सदस्य रहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस