आज:  | Sat, 19, Apr, 2025

थाक्रेस्थित एक्लेफाटमा टिफरले ठक्कर दिँदा एकजनाको मृत्यु

६ बैशाख २०८२, शनिबार ०९:०७ मा प्रकाशित ( १४ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका



धादिङ ६ वैशाख ।

धादिङको थाक्रे गाउँपालिका १ एक्लेफाटमा सवारी दुर्घटना हुंदा १ जना घाईते भएकाा छन् । गएराति करिव ३ बजेको समयमा एक्लेफाटस्थित पृथ्वि राजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको प्र.३(०१(०२३ च. ६५८ नं.को बोलेरो सोहि दिसाबाट जाँदै गरेको नम्बर नखुलेको टिप्परको पछाडी ठक्कर दिँदा सो दुर्घटनामा परेको थियो ।

रामेछाप जिल्ला मन्थली नगरपालिका ८ घर भएका बर्ष ३४ को अरुण कार्कीले चलाएको बोलेरोमा चालक सहित ५ जना सवार रहेकोमा जिल्ला ललितपुर बागमति गाउँपालिका १ बस्ने बर्ष ३४ को थुल बाबु थिंङ घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ पठाएको जिल्ला प्रहरी कार्यलय धादिङका प्र.ना.उ. तथा सुचना अधिकारी सुवाश हमाले जानकारी दिनु भयो ।

घाईते थिंङको टाउकोमा चोट अबस्था गम्भीर रहेको र उनको ट्रमा सेन्टर काठमाण्डौँमा उपचार कै क्रममा मृत्यु भएको छ । उनको लाश सोही अस्पतालमा नै रहेको सुचना अधिकारी हमालले बताउनु भयो । धाईते थिंङको उपचारमा उनकै साथि बिसाल थिङ संलग्न, रहेका थिए ।

यद्यपि बलेरोमा सवार अन्य यात्रुहरु भने सकुसल रहेका र बलेरो र चालक नियन्त्रणमा, सोही स्थानमा अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.अमित कुमार सिंहले बताएका छन् ।

घटनाको उद्धारमा प्र.स.नि.अमित कुमार सिंह कै कमाण्डमा र थप इ.प्र.का गजुरीबाट प्र.ना.उ.बिकास थापाको कमाण्डमा ट्राफिक प्रहरीसहितको ११ जनाको टोली खटि गएको,बाटो अबरोध नभएको बताईएको छ । घटनामा संलग्न टिप्पर भने फरार रहेकोमा खोजी गर्दा विहान अ. ५ः५५ बजेको समयमा भेटिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ जोगिमारास्थित पृथ्विराजमार्गमा प्रहरी चौकी जोगिमाराबाट प्र.स.नि. राम शरण बस्नेतको कमाण्डमा खटिगएको चेकिङ टोलिले उक्त घटनासँग सम्बन्धि UP32TN4198  नम्बरको ईण्डियन आईचर गाडीलाई चेकजाँच गर्ने क्रममा शंखा लागि नियन्त्रणमा लिएको थियो ।

प्रहरीले चालकलाई सोधपुछ गर्दा आफ्नो गाडिको पछाडि ठक्कर दिईएको भनिएकोमा चालक देश भारत उत्तर प्रदेश मोहमदपुर खला बस्ने वर्ष ४० को कमलेश कुमार यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय गजुरी को नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस