आज:  | Sat, 19, Apr, 2025

आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबिच भएको भेट वार्ता निष्कर्ष विहिन

६ बैशाख २०८२, शनिबार ०७:२२ मा प्रकाशित ( १६ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -६ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षक महासङ्घका पदाधिकारीबिचमा भएको भेट वार्ता निष्कर्ष विहिन भएको छ । नेपाल शिक्षक महासङ्घका पदाधिकारीले सुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफलको लागी प्रम वलीले शिक्षक प्रतिनिधिलाई बोलाउनु भएको थियो ।

शिक्षक प्रतिनिधिले विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन जारी रहेको र उक्त आन्दोलन फिर्ता लिई विद्यालयमा फर्कने विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएको कुरा पनि राख्नु भएको थियो ।

प्रम वलीले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आग्रह गर्नु भएको थियो ।

प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी लगायत सहभागी भएको छलफलमा कुनै निर्णय हुन सकेन र वार्ता निष्कर्ष विहिन भएको छ । बरु छलफलमा सहभागी शिक्षक प्रतिनिधिहरुले आफ्नो आन्दोलन जारी रहने भन्दै बालुवाटारबाट बाहिरीएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस