आज:  | Sat, 19, Apr, 2025

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,दश जना यात्रु घाइते

६ बैशाख २०८२, शनिबार ०६:५७ मा प्रकाशित ( १७ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


दाङ -६ वैशाख ।

दाङमा सुक्रबार साँझ यात्रु बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको हो ।

घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस