आज:  | Sat, 19, Apr, 2025

फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ :सञ्चारमन्त्री गुरुङ

५ बैशाख २०८२, शुक्रबार १९:३५ मा प्रकाशित ( १ दिन अघि) १०५५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ चैत ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने संकेत दिएका छन्।

सञ्चारिका समूहले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै संन्चार मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनको भनाई अनुसार नेपालमा सञ्चालन भइ रहेका फेसबुक लगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा अन्तिम हुदापनि हालसम्म दर्ता नगरेकाले सरकारले वाध्य भएर बन्द गर्नु पर्ने अवस्था आउन सक्ने बताएका हुन्।

उनले नेपालको संविधान, ऐन तथा कानून अनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ। देशको स्वाभिमान विथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्नेमा जोड दिए।

समाजमा फेक आइडी बनाएर विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको उनले स्पष्ट पारे। सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ।

सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताए। उनले विभिन्न जातजाती तथा धर्मका अनुयायी मिलेर बसेको नेपाल विविधतामा एकता भएको बताउँदै सामाजिक सञ्जालको दूरुपयोग गरी विदेशीहरुले नेपालको धार्मिक सहिष्णुतालाई खल्बलाउन नेपालीलाई कमजोर बनाउन खोजेको पनि धारणा राखेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस