आज:  | Sat, 19, Apr, 2025

ई-सेवा खाताबाट ४ हजार बढीको १ करोड बढी रकम चोरी गर्ने एकजना पक्राउ

३ बैशाख २०८२, बुधबार १९:४० मा प्रकाशित ( ३ दिन अघि) १६१३ पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत : नेपाल प्रहरी

काठमाडौँ ३ वैशाख ।

ई सेवा प्रयोगकर्ताको खाताबाट १ करोडभन्दा बढी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर न।गरपालिका १ घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । प्रहरीले उनलाई मङ्गलवार काठमाडौँको कालीमाटीबाट पक्राउ गरेको हो।

निज बुढाले ई सेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ई सेवा अनधिकृत पहुँच पुर्‍याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवा मार्फत बैंक खातामा रहेको रकम चोरी गर्न सफल भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनु भयो । त्यसैगरी बुढाले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसरी रकम चोरी गरी बुढाले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस