आज:  | Fri, 18, Apr, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ सूचीसहित हेर्नु होस्

३ बैशाख २०८२, बुधबार ०६:५३ मा प्रकाशित ( २ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३ वैशाख ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले आजदेखि लागु हुने गरी नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।

आज बुधबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको निगमले जानकारी दिएको हो । पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाइएको निगमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

निगमले जनाए अनुसार मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस