आज:  | Wed, 16, Apr, 2025

दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइयो

२ बैशाख २०८२, मंगलवार १९:५५ मा प्रकाशित ( १४ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २ वैशाख ।

चैत १५ मा भएको तीनकुने घटनामा ज्यान मार्ने उद्देश्यले प्रहरीको घेराबाट गाडी चलाएको भन्दै दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रसाईँमाथि ज्यान मार्ने उद्योग कसुरमासमेत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त दिन घटना क्षेत्रमा सुरक्षाको लागी खटिएका प्रहरी अधिकारीहरूको निवेदनपछि प्रसाइँमाथि सो कसुरमा अनुसन्धान अघि बढेको हो ।

थप अनुसन्धान गर्न आगमी म्याद थपका लागि पेस गर्दा प्रसाईँमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधसँगै ज्यान मार्ने उद्योग कसुर पनि समावेश हुने प्रहरीले जनाएको छ ।

चैत १५ को तीनकुने घटनामा प्रसाईँले अपशब्द प्रयोग गर्दै प्रहरीको घेरालाई तितरबितर बनाउनेगरी गाडी हुइँक्याएका थिए । प्रहरीले उनलाई रोक्ने प्रयास गरेपनि प्रसाईँले गाडी हुँइक्याएपछी उनलाई रोक्न प्रहरी असफल भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस