आज:  | Wed, 16, Apr, 2025

किताब पुग्यो तर विद्यालयमा शिक्षक नहुदा सिमा क्षेत्रका बालबालिकाहरु बढ्न भारत तर्फ लागे

२ बैशाख २०८२, मंगलवार १६:०३ मा प्रकाशित ( १९ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


काठमाडौं-२ वैशाख ।

शिक्षकहरु विद्यालय नै वन्द गरेर काठमाडौंको आन्दोलनमा गएपछी देशभरका बालबालिकाका शैक्षिक भविश्य नै अन्यौलमा परेको छ । जसका कारण उत्तरी इलामका विद्यालयमा बढ्दै आएका बालबच्चा पढाउन अभिभावकहरु भारत तर्फ लागेका छन् ।

नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान वैशाख १ गतेबाट सुरु गरेको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श नाराका साथ भर्ना अभियान सुरु भएको हो।

तर यो अभियान अवस्थामा सफल हुने देखिन्न।
सरकारले विगतमा गरेको शिक्ष्कका सम्झौताका बुँदाहरु कार्यन्वयन नगरेको भन्दै विगत १० दिनदेखी देशभरका सामुदायिक शिक्षकहरु विद्यालयमा नयाँ विद्यार्थी भर्नाको लागी बेवास्ता गरी यतिवेला नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन गर्न शिक्षकहरु राजधानीमा छन् ।

सरकारले सम्झौता गरेका विगतका मागहरु कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध गत बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा जम्मा भएर आन्दोलनमा उत्रिएका हुन्

त्यसो त इलामको सो क्षेत्रका बालबालिकाको लागी आफ्नो घरभन्दा नजिक विद्यालय नभएकै कारण भारतको मानेभञ्ज्याङमा धेरै जसो विद्यार्थीहरू अध्ययनको लागी जान वाध्य पनि छन्। त्यसमाथी पनि हाल शिक्षकहरु विद्यालयका सम्पुर्ण गतिविधिहरु ठप्प पारेर आन्दोलनमा जानाले नेपालतर्फ भएका विद्यालय बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले शिक्षामा भारतकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन्।

कतिपयले विद्यालय नजिक नहुनाले उच्च शिक्षामा पहिलादेखि भारतका विद्यालय तथा विश्वविद्यालयमा जाने जान पर्ने हुन्थ्यो । तर, यसपाली त शिक्षक नै विद्यालयमा नहुनाले प्राथमिक तहमा नै यसरी बालबालिका भारततर्फ नै लैजानु पर्ने बाध्यताले सो क्षेत्रका अभिभावक पिरोलिएका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस