आज:  | Wed, 16, Apr, 2025

राजधानीका सडक यतिवेला शिक्षकको आन्दोलनले अस्तव्यस्त अवस्थामा

१ बैशाख २०८२, सोमबार १५:५८ मा प्रकाशित ( १ दिन अघि) १७६८ पटक पढिएको
नारी बाटिका



काठमाडौं ०१ वैशाख ।

विद्यालयमा नयाँ विद्यार्थी भर्नाको लागी बेवास्ता गरी यतिवेला नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन शिक्षकहरु राजधानीमा छन् । जसका कारण (आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ ।

सामुदायीक विद्यालयका शिक्षकका लागी सरकारले विगतमा दिएको वचन पुरा गर्न नसक्दा सातै प्रदेशका शिक्षकहरु अहिले काठमाडौंको बवरमहलस्थित सडकमा आन्दोलन गर्न थुप्रिएका छन् । सरकारले सम्झौता गरेका विगतका मागहरु कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा जम्मा भएर आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षक आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी संचालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएर दैनिक रुपमा आवतजावत गर्नु पर्ने यात्रुहरुले ठुलो सास्ती खेप्नु परेको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा भएको आन्दोलमा शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वसम्म प्रदर्शन गरिरहेका छन् । उनीहरु देशभरका सबै सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै ठप्प पारेर आन्दोलनमा बस्दा देशभरका लाखौं विद्यार्थी बालबालिकाका शैक्षिक भविश्य नै अप्ठ्यारोमा परेको छ ।

शिक्षकहरु प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस