आज:  | Sat, 19, Apr, 2025

विद्यालय शिक्षा विधेयक चाँडै आउँदै छ’,शिक्षकहरू आन्दोलन गर्नु पर्दैन ,प्रधानमन्त्री ओली

२९ चैत्र २०८१, शनिबार ०७:१० मा प्रकाशित ( ६ दिन अघि) २१७१ पटक पढिएको
तस्वीर स्रोत : गोरखापत्र
नारी बाटिका


तस्वीर स्रोत :गोरखापत्र

रुपन्देही ३० चैत।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विद्यालय शिक्षा ऐन चाँडै ल्याउँदै छ, त्यसैले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताउनु भएको छ ।

सुक्रबार रुपन्देही एमाले जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्नु हुंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलतमा रहिरहन आवाश्यक नपर्ने बताउनु भयो ।

‘यसैगरी समस्याहरु छन्, तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु । तपाईँहरूले आफ्ना समस्या मात्रै राख्नु भयो तर राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भन्नु भयो त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस