आज:  | Sat, 19, Apr, 2025

माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा

२७ चैत्र २०८१, बिहीबार १७:१७ मा प्रकाशित ( १ हफ्ता अघि) १६४४ पटक पढिएको
नारी बाटिका


काठमाडौं- २८ चैत।

नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा शर्मासहित २३ सदस्यीय टोली चीन भ्रमणमा गएका हुन् ।

उच्चस्तरीय भ्रमण टोली चीनको चोङकिङ सहर पुगेको छ । माओवादी टोली अप्रिल १७ अर्थात् २०८२ वैशाख ४ गते स्वदेश फर्किने छ ।माओवादी केन्द्रको भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी लगायत छन् ।

यसैगरी वुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, अखिल क्रान्तिकारीका नेता आशा उपरकोटी, जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारी पनि भ्रमण टोलीमा छन् ।

चोङकिङ विमानस्थलमा चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए । माओवादी केन्द्रका नेताहरुले चोङकिङ सहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेकाछन् । चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ सहरहरुमध्ये एक हो ।

हाल चीन सरकारले यो सहरलाई बेल्ट एण्ड रोड र याङ्जे रिभर इकोनोमिक बेल्टको एक महत्वपूर्ण आधारको रुपमा विकास गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस