आज:  | Sat, 19, Apr, 2025

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु,

२७ चैत्र २०८१, बिहीबार ०७:०३ मा प्रकाशित ( १ हफ्ता अघि) २१४० पटक पढिएको
नारी बाटिका


साथै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

बझाङ -२८ चैत।

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बुधबारसाँझ बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको हावाहुरीसहितको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो ।

यसका साथै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बधबार साँझको वर्षापछि पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । गएरातिदेखी नै सो क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनु भयो। यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस