आज:  | Sat, 19, Apr, 2025

हाल मौसमा वदली,केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

२६ चैत्र २०८१, बुधबार ०७:१९ मा प्रकाशित ( १ हफ्ता अघि) २४१९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ चैत।

आज लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भूभागका मौसममा आंशिक बदली छ। पछिल्लो समयमा देशभरका स्थानमा तुवाँलो लागिरहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भागका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशभरमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

हाल बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस