आज:  | Mon, 07, Apr, 2025

अन्नपूर्ण हिमालको हिमपहिरोमा पुरिएर दुईजना बेपत्ता

२४ चैत्र २०८१, सोमबार १९:५६ मा प्रकाशित ( ९ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


म्याग्दी २५ चैत ।

म्याग्दीको अन्नपूर्ण हिमालको हिमपहिरोमा पुरिएर दुईजना बेपत्ता भएका छन् । आज दिउँसो साढे १ बजेको समयमा अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण हिमालको २ नम्बरदेखि ३ नम्बर रुटको बीचमा पर्ने बेसक्याम्पमा अचानक माथिबाट हिमपहिरो खसेर दुईजना शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सेभेन समिट ट्रेकिङ एजेन्सी काठमाडौंमार्फत पर्वतारोहीलाई हिमाल आरोहण गराउन गएका सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका घर भएका २७ वर्षीय रिमा रेन्जी शेर्पा र ३२ वर्षीय निमा टासी शेर्पा रहेको सेभेन समिट टे«कलाई जानकारी गराएको म्याग्दी जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनु भयो ।

घटनाको खबर पाउनसाथ सेभेन समिट टे«किङमार्फत प्रभु एअरको हेलिकप्टर परिचालन गरी बेपत्ता शेर्पाद्वयको खोजी कार्य भइरहेको टे«किङ एजेन्सीले जनाएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

साथै बेपत्ता भएकहरुको खोजीको लागी अन्नपूर्ण हिमालको आधारशिविरमा रहेका अन्य शेर्पाहरु पनि जुटेको जनाइएको छ । यसवर्ष वसन्त ऋतुमा अन्नपूर्ण हिमाल आरोहण गर्न भएका विभिन्न चारवटा समूहमा ३० जना पुरुष र १२ जना महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस