आज:  | Mon, 07, Apr, 2025

रास्वपा सभापती रवि लामिछानेलाई आज कारागार चलान गरियो

२४ चैत्र २०८१, सोमबार १२:३५ मा प्रकाशित ( १५ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ चैत।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कारागार चलान गरिएको छ।

आजबाट सभापती लामिछाने रुपन्देहीको भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा चलान भएका छन् । शनिबार आईतबार दुइ दिनसम्म सार्वजनिक विदा परेकोले उनलाई सोमबार जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिएपछि आजै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनी अब पर्ख र हेर भन्नेमा कारागारमा रहने छन् । किनकी अदालतबाट आगमी फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा रास्वपा सभापती, पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर उच्च अदालतले यस आदेशलाई उल्ट्याएर लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसंगै तत्कालै उनी पक्राउ परेका थिए । दुइ दिनसम्म सार्वजनिक विदा परेकाले आज (शोमबार सरकारी कार्यलय खुल्नासाथ उनलाई कारागार चलान गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस