आज:  | Wed, 19, Mar, 2025

आजदेखि शुक्र ग्रह अस्त हुँदै,यस समयमा धार्मिक कर्म कुन कुन गर्नु हुँदैन

५ चैत्र २०८१, बुधबार ०७:३१ मा प्रकाशित ( ८ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ चैत ।

आजदेखी शुक्र ग्रह अस्त हुँदैछ। बुधबार साँझ ७ बजेर २५ मिनेटदेखि शुक्र पश्चिममा अस्त हुन लागेको धार्मिक विद्हरुले जनाएका छन् । यही चैत १० गते आइतबार दिउँसो १ बजेर १७ मिनेटमा पूर्वमा उदय हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

धार्मिक मान्यता अनुसार यय अवधिमा विवाह(व्रतबन्ध आदि संस्कार सप्ताह, नवाह, लाख बत्ती प्रज्ज्वलन, उत्सव लगायतका मांगलिक कार्य गर्न नहुने मान्यता रहेको पञ्चाङ्ग समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनु भयो ।

तर यो समयमा नित्यकर्म,पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कर्म आदि गर्न मिल्ने । न्वारन, पास्नी, श्राद्ध, आदि निश्चित समयमा नगरी नहुने कर्म पनि नरोकिने पञ्चाङ्ग समितिले जनाएको छ।

धार्मिक तथा शास्त्रीय मान्यता अनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्। यी दुवै ग्रह अस्त भएका वेला मांगलिक कर्म गर्न नहुने मान्न्यता छ ।

यद्यपि वैदिक परम्पराले चलिआएको वृहस्पति र शुक्रअस्तमा मांगलिक कार्य नरोकिने बताईन्छ । वैज्ञानिक हिसाबले घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई नै शुक्र अस्त भनिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस