आज:  | Wed, 19, Mar, 2025

युक्रेनी नियन्त्रणमा रहेका ७ नेपाली छाड्न परराष्ट्रमन्त्री डा राणाको आग्रह

४ चैत्र २०८१, मंगलवार १८:२१ मा प्रकाशित ( १८ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


सो का लागी युक्रेनी विदेशमन्त्रीबीच वार्ता परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौँ ५ चैत ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युक्रेनी नियन्त्रणमा रहेका ७ नेपालीलाई छाड्न युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहा संग आग्रह गर्नु भएको छ । मंगलबार युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबिच भारतको राजधानी नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा.राणाले विशेष आग्रह गर्नु भएको हो।

भारतीय विदेश मन्त्रालयले आयोजना गरेको राइसिना डायलगका लागि नयाँ दिल्लीमा आयोजित एक समारोहको अवसरमा आज भएको भेटवार्ताको क्रममा सो विषयमा विदेशमन्त्री एन्द्री सिबिहाको ध्यानाकर्षणसमेत गराउनु भएको थियो।

उक्त भेटमा नेपाल(युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा वार्ता भएको थियो। त्यस अवसरमा मन्त्री डा राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका आफ्ना देशका नागरिक ७ जना नेपालीको रिहाइका लागि विदेशमन्त्री सिबिहामार्फत युक्रेनसँग आग्रह गर्नु भयो।

नेपाली रुसी सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्कर मार्फत नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि जानकारीमा आएको मन्त्री डा राणाले स्पष्ट पार्नु भएको थियो। सो भेटवार्तामा युक्रेनी विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री डा राणाले रुसी सेनामा कार्यरत ७ जना नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको आग्रह गरेकी हुन्।उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना सरकारले पाएको जानकारी दिँदै उहाँले ७ नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गर्नु भयो।

सोही क्रममा मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यलगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेनको सहयोगका लागि पनि आग्रह गर्नु भयो।

यसैबीच नेपाल र युक्रेनी दुई देशबीच सरकारी एवं कूटनीतिक राहदानीवाहकलाई निःशुल्क भिसा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस