आज:  | Wed, 19, Mar, 2025

सुन तस्करीमा जेलब्ँट छुटेका लामा २५ करोड रुपैयाँसहित फेरी पक्राउ

४ चैत्र २०८१, मंगलवार १६:३४ मा प्रकाशित ( २0 घण्टा अघि) १६४४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ चैत ।

सुन तस्करीको कसुरमा ५ वर्षसम्म जेल बसेर छुटेका लामा २५ करोड रुपैयाँसहित फेरी पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको टोखाबाट २५ करोड रुपैयाँसहित उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का कुशाङ लामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँसहित उनलाई गएराति टोखा नगरपालिका–२ झोरबाट पक्राउ गरेको थियो।

लामाले ट्रकको क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिनु भयो ।

पक्राउ परेका लामाबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचना पाएपछी प्रहरीको टोलीले उनलाई गए राति पक्राउ परेको हो ।

लामा यस अघिपनि २०७३ पुस १३ मा सुन तस्करीमा संलग्न रहेको आरोपमा समातिएका र ५ वर्ष जेल बसेर छुटेका हुन्। लामाले जेलबाट छुटेपछि फेरि सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउछन्।

सुन तस्करीमा उनले भरिया र चालकको रुपमा काम गर्ने गरेको पाइएको प्रहरीको भनाई छ। उनलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस