आज:  | Mon, 17, Mar, 2025

पाल्पाको कालीगण्डकी कोरीडोर सडकखण्डमा काम गर्ने दुई मजदुर मृत फेला

३ चैत्र २०८१, सोमबार ०७:४२ मा प्रकाशित ( २0 घण्टा अघि) १७९९ पटक पढिएको
नारी बाटिका


पाल्पा ४ चैत ।

पाल्पामा मजदुरी काम गरी खाने दुई व्यत्ती मृत अवस्थामा भेटिएका छन्। उनीहरु सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ६ घर भएका २६ वर्षीय भोजराज अस्लामी र दाङको तुल्सीपुर उपमहानगरपालिका ३ का ४५ वर्षीय तेजबहादुर रासकोटी मृत फेला परेका पाल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनु भयो।

प्रहरीका अनुसार उनीहरु पाल्पास्थित कालीगण्डकी नदीमा मृत भेटिएका हुन्। मृत भोजराज अस्लामी बगनासकाली गाउँपालिका ६ दर्पुकस्थित कालीगण्डकी कोरीडोर सडकखण्डको अस्थायी क्याम्पमा बस्दै आएका थिए भने उनी डोजर अपरेटरको काम गर्थे।

प्रहरीको अनुसार गत फागुन २६ गतेदेखि उनी सम्पर्क विहीन भएका थिए। २६ गते बेलुकी खाना खाएर साथीहरूसँग सुतेका उनी अर्को दिन बिहान हेर्दा बिस्तारामा थिएनन्। सिसी टिभीको फुटेज हेर्दा उनी राती २ बजे क्याम्पबाट बाहिर निस्किएको भेटिएको छ।

उनको खोजतलासको क्रममा बगनासकाली गाउँपालिका ६ कै माइचौरस्थित कालीगण्डकी नदीमा शनिबार मृत फेला परेका प्रहरीले बताएको छ। शव पोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको छ।

यसैगरी तेजबहादुर रासकोटी नुहाउने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएका थिए। गत फागुन २९ गते बिहान साढे ११ बजे उनी बगनासकाली गाउँपालिका ६ कै माइचौरस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएको बताईएको थियो ।

उनको पनि खोजी गर्ने क्रममा घटनास्थल भन्दा २ सय मिटर तल नदीमा रासकोटी शनिबार मृत फेला परेका प्रहरीले जनाएको छ। मृत रासकोटी कालीगण्डकी करीडोर अन्तर्गत राम्दी रानीमहल खण्डमा काम गर्ने मजदुरी हुन्।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस