आज:  | Mon, 17, Mar, 2025

प्रचण्डको तस्वीर जलाएको आरोपमा राप्रपा युवा संगठनका नेता पक्राउ

२ चैत्र २०८१, आईतवार १६:०४ मा प्रकाशित ( २0 घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


हेटौडा -३ चैत ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।

बमले हेटौडामा शनिबार आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । आज बमलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएर जलाएका थिए। उक्त कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी भएको बताईउको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस