आज:  | Mon, 17, Mar, 2025

बालसुधार गृहमा झडप प्रहरीसहित ४९ जना घाइते, स्थिति नियन्त्रणमा

२ चैत्र २०८१, आईतवार ०८:४२ मा प्रकाशित ( १ दिन अघि) १५८२ पटक पढिएको
नारी बाटिका


बाँके -३ चैत ।

बाँकेको ‘जयन्दु बाल सुधार गृह’मा भएको कुटाकुट र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन्। डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित बाल सुधार गृह्रमा सुक्रबार राति झपडमा घाईते भएकालाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ।

होली खेल्ने क्रममा दुईसमुहबिच विवाद भएपछी बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–६ मा रहेको जयन्दु बाल सुधार गृहमा सुक्रबारराति पौने २ बजेदेखि तनावग्रस्त अवस्था सिर्जना भएको र पछि झडप भएको हो।

बाल कैदीका दुई समूहका बीचमा भएको झडप प्रहरीले नियन्त्रणमा लिनसमेत हम्मे हम्मे भएको थियो । उक्त घटना शनिबार अपराह्न मात्रै प्रहरीले नियन्त्रणमा लिएको बाँके जिल्ला प्रशासन कार्यलयले जनाएको छ। सुक्रबार दिउँसोदेखि सुरु भएको दुई समूहबीचको विवाद बढ्दै जाँदा सुधार गृहमा रहेका बालकहरूबीच कुटाकुट तथा ढुंगा हानाहान भएको थियो।

शनिबार बिहानसम्म बाल सुधार गृहमा भएको झडपलाई सोही सुधार गृह्रका प्रहरीले नियन्त्रण गर्न नसक्दा शनिबार बालसुधार गृहमै आगजनी समेत भएको हो। सुधार गृहको भुइँतलामा आगजनी गरेर सबैभन्दा माथिल्लो तलामा बसेका बालकहरूले हथौडा र रडको प्रयोग गरी भवनको गाह्रो भत्काएर प्रहरीमाथि नै आक्रमण गरेका कारण नियन्त्रणमा लिन कठिन भएको बाँके जिलला प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।

कैदी बालकहरुले गरेको आगजनीका कारण सुधार गृहको भुइँतल्ला जलेर नष्ट हुनुको साथै क्षति पुगेको छ । उक्त सुधार गृहमा कुल २५५ जना बालक छन् । उनीहरूको सुरक्षाका लागि सादा पोसाकका जम्मा १२ जना मात्रै प्रहरी जनशक्ति खटाईएका थिए।

देशको कानुन अनुसार बाल सुधार गृहमा बर्दीमा प्रहरी राख्न नमिल्ने व्यवस्था भएकाले त्यहाँ खटिँदा प्रहरीले हतियार पनि बोक्न नपाउने प्रावधान रहेको छ। त्यसैको फाइदा उठाएर बाल सुधार गृहमा रहेका कैदी बालकहरुले सुधार गृह्रभित्र विगतदेखी नै प्रहरीलाई थर्काउने,धम्काउने ,आक्रमण जस्ता अराजक गतिविधि हुने गरेको प्रमुख जिल्ला अधिकारी बताउनु हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस