आज:  | Sat, 15, Mar, 2025

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा. केदारनरसिंह केसीको आपत्ति

१ चैत्र २०८१, शनिबार १५:४२ मा प्रकाशित ( १३ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ चैत।

नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग आफ्नो जोडेकोमा आपत्ती जनाउनु भएको छ ।

उहाँले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ गते प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताउनु भएको हो।

“साविक मनमैजु गाविस ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ जग्गा मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो ।

मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन,मेरो चरित्र हत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु”, डा केसीले भन्नु भएको छ ।

उहाँले रास्वपा संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत स्पष्ट पार्नु भयो । डा केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसदमा उठ्नु गलत भएको समेत बताउनु भयो।

शनिबार पत्रकार सम्मेलन गरी तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसावले संसदमा कुरा उठाउनु गलत भएको बताउनु भयो ।

“म सङ्घीय सांसद र प्रदेश सांसदहरुलाई भन्न चाहन्छु, आउनुहोस् सार्वजनिक जग्गा कहाँ कहाँ मिचिएको छ बसेर नापजाँच गरौँ”, नगरप्रमुख महर्जनले भने । भूगोल नभएको कुरालाई लिएर संसदमा प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

पत्रकारहरुसंग कुरा गर्नु हुंदै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा (एमाले)का नेता लब बस्नेत, कांग्रेसका नेता इन्द्रमान महर्जन, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले लालपुर्जाले प्रष्ट पारिसकेको विषयमा संसद जस्तो जिम्मेवार व्यक्तिको यस्तो अभिव्यक्तिले संसदको गरिमा घटाएको धारणा राख्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस