आज:  | Sat, 15, Mar, 2025

टिपरले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु, एकजना गम्भीर घाइते

१ चैत्र २०८१, शनिबार १०:३३ मा प्रकाशित ( ११ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ चैत।

काठमाडौंको तीनकुनेमा टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकजनाको मृत्यु भएको छ। साथै मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् । आज बिहान साढे ४ बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र ३.०२.००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।

मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका( ११ का सुकराम तामाङ रहेका छन्। मोटरसाइलमा सवार अर्का बेथानचोक गाउँपालिका( ६ का रमेश तामाङ गम्भीर भाइते रहेको बानेश्वर प्रहरीले जनाएको छ। अहिले घाईतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएलगत्तै सुकरामको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिएर फरार टिप्परका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस