आज:  | Fri, 14, Mar, 2025

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

३० फाल्गुन २०८१, शुक्रबार ०७:५९ मा प्रकाशित ( १६ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बागमती १ चैत।

मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको हो ।

मोवाईल चार्ज गर्न लाग्दा करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको र उपचार कै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस