काठमाडौं –२५ फागुन ।
२ महिनाको लामो गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज राजधानी फकँदै छन् ।
पुर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका निमित्त आज दिउँसो राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म ¥याली निकाल्ने तयारी गरेका छन्। सो भन्दा पहिले उनलाई विमानस्थलमा भव्य स्वागतपछि पूर्वराजा सवार गाडी र मोटरसाइकल ¥याली गर्ने कार्यकर्ताको तयारी रहेको छ। उनीहरूले नारायणहिटी दरबारमा समेत ¥याली गर्ने भएका छन्।
पूर्वघोषित कार्यक्रम अनुसार आज राप्रपाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेता पनि बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उक्त कार्यक्रम स्थगित गरी पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम राखेको हो। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विमानस्थलदेखि गौशाला, चावहिल, महाराजगञ्ज जुन स्थानमा पायक पर्छ, त्यहाँ नेपालको झण्डासहित अनिवार्य रूपमा भेला भएर निर्मल निवाससम्म स्वागत गर्न उर्दी जारी गरेको छ।
यसैगरी स्वागत गर्न राप्रपासँगै दुर्गा प्रसाईंको अभियान र विश्वहिन्दु महासंघ, शिवसेना नेपाललगायत आधा दर्जनबढी संघसंस्थाका टोली परिचालन भएका छन्। राप्रपालगायत सडक आन्दोलन शुरू गरेका अन्य समूहले पनि आजै हजारौँमा जनता सडकमा उतार्ने भएका छन्।
विमानस्थलभित्र राप्रपाका नेताहरूले स्वागत गरेर बाहिरिए पछि विभिन्न समूहले स्वागत गर्ने कार्यक्रम राखिएको छ। विश्वहिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले दिएको जानकारी अनुसार महासंघले विमानस्थलको बाहिरी गेटमा स्वागत गर्ने कार्यक्रम छ।
उक्त स्वागत ¥यालीका क्रममा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। स्रोतका अनुसार आज त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ गरिनेछ। विमानस्थलमा कडाइ भए विभानस्थल प्रवेशद्वारमै स्वागत गर्ने राप्रपाको तयारी छ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र समिट एयरको विमानबाट दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ। उनीसँग उहाँका निजी सचिव राजिब शाही र निजी सुरक्षाकर्मी छन्। उनका छोरा पारस अस्वस्थ भएको कारण पूर्वराजाबाहेक परिवारका बाँकी सदस्यहरू निर्मल निवासमै छन्। केही समयदेखि पूर्वराजपरिवार समिट एयरमा यात्रा गर्न थालेका छन्।
यसै फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको सन्देशमा अब राजाले हेरेर मात्रै नबस्ने र जनताको साथ पाए आफू फेरि सक्रिय हुने बताउनु भएको थियो। सोही भनाइलाई आधार मानेर अन्य दलका नेताले पूर्वराजाप्रति कटाक्ष गर्दै आएका छन्। यसै सम्वन्धमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई निर्वाचन जितेर सत्ता सञ्चालन गर्न चुनौतीसमेत दिएका छन्।
तीनै ठूला दलका अध्यक्षले एउटै स्वरमा भनेका थिए,– ‘ढलेको राजतन्त्र कहिल्यै आउन सक्दैन।’
उक्त सन्देशपछि राप्रपाले हिन्दुराज्य र राजतन्त्रको पक्षमा यसअघि देशका विभिन्न शहरमा शक्ति प्रदर्शन सम्पन्न गरिसकेकोे छ । यसैबीच राजावादीले देशभरबाट जुलुस पनि निकालेका छन्। हिजो शनिबार पनि भरतपुरमा राप्रपाले प्रदर्शन गरेको थियो । पछिल्लो एक सातायता जनकपुर, झापा, हेटौंडालगायत धेरै जिल्लामा राप्रपाले पूर्वराजाको समर्थनमा प्रदर्शन गरिसकेका छन्।
चार महिना अघिदेखि देशव्यापी भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्रले उनले दुई दर्जन बढी जिल्लाको धार्मिक भ्रमण गर्नु भएको छ। दुई महिनाअघि दाङ, नेपालगञ्ज, बर्दिया, लुम्बिनीको बुटवललगायतको भ्रमणका क्रममा उहाँले स्थानीयसँग भेटगरी राजतन्त्रको पक्षमा लाग्न आह्वान गर्नु भएको थियो।
भ्रमण कै क्रममा पुर्वराजाले बागलुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वर मन्दिरमा पूजापाठ र दर्शन गर्नुभएको थियो भने पोखराकै एक स्थानमा आफ्ना दाजु स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गर्नुभएको थियो।
सक्रिय राजनीतिमा आउने तयारीमा लागेका पूर्वराजा ज्ञानेन्द्र पुस १७ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित भारतको उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको थियो। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणामा पूर्वराजा परिवारको साथ भारत जानुभएको हो। पूर्वपञ्चहरूको सक्रियता बढेपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू पनि गम्भीर छलफलमा जुटेका छन्।
यसैबीच गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई सुरक्षा चुनौतीको विश्लेषण गर्दै सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभएको छ। यसका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले कडा सुरक्षा व्यवस्थामा छुटेको छ ।
साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ। उनीसँग उहाँका निजी सचिव राजिब शाही र निजी सुरक्षाकर्मी छन्। उनका छोरा पारस अस्वस्थ भएको कारण पूर्वराजाबाहेक परिवारका बाँकी सदस्यहरू निर्मल निवासमै छन्। केही समयदेखि पूर्वराजपरिवार समिट एयरमा यात्रा गर्न थालेका छन्।
यसै फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको सन्देशमा अब राजाले हेरेर मात्रै नबस्ने र जनताको साथ पाए आफू फेरि सक्रिय हुने बताउनु भएको थियो। सोही भनाइलाई आधार मानेर अन्य दलका नेताले पूर्वराजाप्रति कटाक्ष गर्दै आएका छन्। यसै सम्वन्धमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई निर्वाचन जितेर सत्ता सञ्चालन गर्न चुनौतीसमेत दिएका छन्।
तीनै ठूला दलका अध्यक्षले एउटै स्वरमा भनेका थिए,– ‘ढलेको राजतन्त्र कहिल्यै आउन सक्दैन।’
उक्त सन्देशपछि राप्रपाले हिन्दुराज्य र राजतन्त्रको पक्षमा यसअघि देशका विभिन्न शहरमा शक्ति प्रदर्शन सम्पन्न गरिसकेकोे छ । यसैबीच राजावादीले देशभरबाट जुलुस पनि निकालेका छन्। हिजो शनिबार पनि भरतपुरमा राप्रपाले प्रदर्शन गरेको थियो । पछिल्लो एक सातायता जनकपुर, झापा, हेटौंडालगायत धेरै जिल्लामा राप्रपाले पूर्वराजाको समर्थनमा प्रदर्शन गरिसकेका छन्।
चार महिना अघिदेखि देशव्यापी भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्रले उनले दुई दर्जन बढी जिल्लाको धार्मिक भ्रमण गर्नु भएको छ। दुई महिनाअघि दाङ, नेपालगञ्ज, बर्दिया, लुम्बिनीको बुटवललगायतको भ्रमणका क्रममा उहाँले स्थानीयसँग भेटगरी राजतन्त्रको पक्षमा लाग्न आह्वान गर्नु भएको थियो।
भ्रमण कै क्रममा पुर्वराजाले बागलुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वर मन्दिरमा पूजापाठ र दर्शन गर्नुभएको थियो भने पोखराकै एक स्थानमा आफ्ना दाजु स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गर्नुभएको थियो।
सक्रिय राजनीतिमा आउने तयारीमा लागेका पूर्वराजा ज्ञानेन्द्र पुस १७ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित भारतको उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको थियो। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणामा पूर्वराजा परिवारको साथ भारत जानुभएको हो। पूर्वपञ्चहरूको सक्रियता बढेपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू पनि गम्भीर छलफलमा जुटेका छन्।
यसैबीच गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई सुरक्षा चुनौतीको विश्लेषण गर्दै सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभएको छ। यसका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले कडा सुरक्षा व्यवस्थामा छुटेको छ ।
प्रतिक्रिया दिनुहोस