आज:  | Fri, 14, Mar, 2025

प्रकृति लम्सालको न्यायको लागी काठमाडौंमा प्रदर्शन

६ फाल्गुन २०८१, मंगलवार १४:३६ मा प्रकाशित ( ३ हफ्ता अघि) २६६७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ फागुन ।

भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा नेपालस्थित विद्यार्थीले प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)पब्लिक युथ कलेजले प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस