आज:  | Wed, 12, Mar, 2025

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल खेल दशरथ रंगशालामा शुरू हुंदै

५ फाल्गुन २०८१, सोमबार ०७:२९ मा प्रकाशित ( ३ हफ्ता अघि) २१४० पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ फागुन ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल आजदेखि शुरू हुंदैछ । खेलबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा एञ्जिलाले ‘उपाधि खडेरी तोड्न यो प्रतियोगिता हाम्रा लागि राम्रो अवसर भएको बताएकी छिन्। कप्तान एञ्जिलाका अनुसार खेलको सम्पुर्ण तयारी राम्रो भएको छ ।

उनी भन्छिन् टोलीको तालमेल पनि मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छौं । कोचको योजना अनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो नपर्ने देखिmएको छ।’

फागुन १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता हुनेछ । नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिता शुरू गर्दैछ ।

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पहिलो खेल गुमाउने सम्भावना पनि छ। आईतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा फ्रान्सबाट सोमबार बिहानमात्रै नेपाल आइपुग्ने भएकोले पनि पहिलो खेल गुमाउन सक्ने सम्भावना बढेको हो ।

सावित्रा सोमबार बिहानमात्रै नेपाल आइपुग्ने भएकाले उनलाई विश्राम दिने योजना रहेको प्रशिक्षक तामाङले बताए । सावित्रा सोमबार बिहान ९ बजे नेपाल आइपुग्ने छिन् ।नेपाल र किर्गिस्तानबीचको खेल साँझ ६ बजे शुरू हुनेछ । त्यसै गरी किर्गिस्तान पहिलेको भन्दा राम्रो भएकाले हल्का रूपमा नलिएको प्रशिक्षक तामाङको भनाई छ ।

नेपालले अहिलेसम्म किर्गिस्तानसँग एक पटक मात्रै खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित हाँशिल गरेको थियो । प्रशिक्षक तामाङले महिला लिगका कारण खेलाडी राम्रो लयमा रहेको बताए । नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमार संग भिड्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस