आज:  | Wed, 12, Mar, 2025

मःम पसलमा ग्यास विस्फोट हुंदा तिन जनाको ज्यान गयो, ८ घाईते

२ फाल्गुन २०८१, शुक्रबार १९:१६ मा प्रकाशित ( ३ हफ्ता अघि) ३८७६ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – २ फागुन ।

काठमाण्डौको कमलपोखरीमा संन्चालित शान्दार मःम पसलमा ग्यास विस्फोटमा परी तिन जनाको ज्यान गएको छ । उक्त मःम पसलमा ग्यास विस्फोट भएर घाइते भएका ११ जना मध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आज दिउँसो भएको सो घटनामा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ काठमाण्डौ महानगरपालिका–२८ बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

विस्फोटमा परी घाइते भएका ११ जना मध्यका यसअघि दुई जनाको ज्यान गएको थियो । अरू घाइतेको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस