आज:  | Fri, 14, Mar, 2025

नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

१ फाल्गुन २०८१, बिहीबार १७:४१ मा प्रकाशित ( ४ हफ्ता अघि) २२६४ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – १ फागुन ।

नेपाल समाजवादी (नयाँ शक्ति( पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा नयाँ नेतृत्वमा चयन भएका हुन् ।

जम्मा खसेको ८७३ मतमध्ये भट्टराईले ८ सय २ मत र चापागाईँले ७१ मत ल्याएका छन् । यद्यपी मत परिणामको औपचारिक घोषणा भने अहिले साँझ ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिएकी छन् ।उनका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा औपचारिक रुपमा घोषणा कार्यक्रम राखिएको छ ।

आज सम्मन्न समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । साथै, नव निर्वाचित अध्यक्ष भट्टराईले सम्बोधन पनि गर्ने छन् । आइतबारदेखि प्रज्ञा भवनमा सुरू भएको नेसपा नयाँ शक्तिको महाधिवेशन नेतृत्व चयन गरेर आज सकिँदै छ ।

सोही क्रममा भट्टराईले पेस गरेको महाधिवेशनको बन्दसत्रबाट राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस