आज:  | Fri, 14, Mar, 2025

मेयर प्रमुख प्रशासकीय अधिकृतमाथी गोलीले उडाइदिने धम्की,छोराले हातपात

३० माघ २०८१, बुधबार १५:५१ मा प्रकाशित ( ४ हफ्ता अघि) ३३४९ पटक पढिएको
नारी बाटिका


धनुषा ३० माघ ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दासले प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएका छन् । मेयर दासले आफ्नैनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई गोली हानेर उडाइदिने धम्की दिएका हुन् । यसका साथै मेयरका छोरा रामभजन दासले समेत प्रमुख प्रशासकीय अधिकृत साहमाथि हातपात गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत साहले आफूमाथि हातपात भएको भन्दै सुरक्षाको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । साहले आफुलाई हातपात गर्ने मेयरका छोरा र गोली हान्ने धम्की दिने मेयर दासमाथि उचित कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका हुन् ।

प्रशासकीय अधिकृतले दिएको उजुरी अनुसार मेयर बेचनका छोरा रामभजनले शिक्षा सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा तैले यसलाई किन हाजिर गराइस् भन्दैलधम्की गाली गलौज गर्दै साहलाई उहाँकै कार्यकक्षमा कुटपिट गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस