आज:  | Wed, 12, Mar, 2025

धारिलो हतियार देखाई टिकटकबाट डर त्रास फैलाउने धादिङका युवकसहित सात जना पक्राउ

२५ माघ २०८१, शुक्रबार १७:२७ मा प्रकाशित ( १ महिना अघि) २८२२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ माघ ।

सामाजिक संजालको दुरूपयोग गरी डर,त्रास देखाएको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सो प्रकरणमा पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका(१ घर भई हाल काठमाडौं महानगरपालिका(२६ पवित्र नगर बस्दै आएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका(७ का ३६ वर्षीय मनोहर थापा मगर छन् ।

त्यसैगरी तनहुँ भानु नगरपालिका(११ का ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका(७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरूघाट गाउँपालिका(६ घर भएका २९ वर्षीय पदम बहादुर मगर,भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका(७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका(७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका(३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेको प्रहरीले जनाएको छ।

उनीहरुले सामाजिक संन्जालको दुरूपयोग गरी तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डररत्रास सृजना गरी आतंकित बनाउने गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस