आज:  | Sat, 19, Apr, 2025

मूर्ति विसर्जन गर्न गएका युवकको सोही नदीमा डुबेर मृत्यु

२३ माघ २०८१, बुधबार १४:०५ मा प्रकाशित ( २ महिना अघि) ४१२४ पटक पढिएको
नारी बाटिका


रौतहट २३ माग ।

बाग्मती नदीमा सरस्वती मूर्ति विसर्जन गर्न गएका एक युवकको सोही नदीमा डुबेर मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका(६ मा पर्ने बाग्मती नदीमा सरस्वती पूजाको दिन पुजा गरिएको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी(७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएको हो ।

मूर्ति सेलाउन नदीमा गएका यादव डुबेर बेपता भएपछी मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । यादवको खोजी गर्ने क्रममा आज बिहान उनी डुबेकै स्थानमा उनको शव फेला परेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक यादवको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस