आज:  | Sat, 01, Feb, 2025

पेट्रोल र डिजेलको मुल्य प्रतिदिन बढ्दो अबदेखी प्रति लिटर कति पुग्यो त ?

१९ माघ २०८१, शनिबार ०६:३९ मा प्रकाशित ( १३ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


पेट्रोल र डिजेलको मुल्य प्रतिदिन बढ्दो अबदेखी प्रति लिटर कति पुग्यो त ?

काठमाडौं १९ माघ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रवार राति १२ बजेबाट लागू हुनेगरी आयल निगमले मुल्य बढाएको हो । पछिल्लो समयमा पेट्रोल र डिजेलको मुल्य प्रतिदिन बढीरहेको छ । सुक्रबार पुन ःमुल्य बढेसंगै प्रति लिटर पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो।

जस अनुसार अबदेखी पेट्रोलको मूल्य पहिलो वर्गमा १६५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर मुल्य पर्ने भएको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ ।

यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ । हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्य वृद्धि भएको आयल निगमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस