आज:  | Fri, 31, Jan, 2025

लागुऔषध कारोबारी समात्ने क्रममा ४ राउण्ड गोली फायर, एक घाइते, एकजना भागे

१८ माघ २०८१, शुक्रबार ०३:३० मा प्रकाशित ( ७ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ माघ ।

प्रहरीले लागुऔषध कारोबारी समात्न क्रममा प्रहरीमाथि नै आक्रमण गर्न आएपछि गोली फायर गरेको छ। बिहिबार नवलपरासी पश्चिमको रामग्राम नगरपालिका(१२ पचगाँवा बस्ने ५२ वर्षका राजेश लोनियाको घरमा पुगेको प्रहरी टोलीमाथी आक्रमण भएको थियो ।

लागुऔषधसहित कारोबारीलाई विशेष सूचनाका आधारमा समात्न पुगेको प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्न थालेपछि ४ राउण्ड गोली फायर गर्नु परेको प्रहरीले जनाएको छ।

प्रहरीको पेस्तोल खोसेर लागुऔषधका कारोबारी भाग्न लागेपछि बाध्य भएर गोली हान्नुपरेको र सो क्रममा लोनियाको बायाँ साँप्रामा गोली लागेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

प्रहरीको गोली लागेर घाईते भएका लोनियाको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ। त्यहाँबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ। सोही क्रममा एक जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ। उक्त घटना बिहिबार राति भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस