आज:  | Thu, 30, Jan, 2025

आज सोनाम ल्होछार, ‘गरुड’लाई बिदा गरी ‘सर्प वर्षमा प्रवेश

१७ माघ २०८१, बिहीबार ०६:५२ मा प्रकाशित ( २२ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


धादिङ १७ माघ ।

तामाङ समुदायको परमपरा अनुसार ‘गरुड’ वर्गलाई बिदा गरी ‘आजबाट सर्प वर्षमा प्रवेश गरेको छ । यस सन्धर्वमा आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको हो ।। तामाङ समुदायले बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।

सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको हुन्छ । सोनाम ल्होछार, तामाङ लगायतका हिमाली बौद्ध समुदायले पनि नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ एक आपसमा खुशी साटासाट गरी मनाउँछन्।

ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। यस सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने गरिन्छ । विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिनसम्म मनाउने परमपरा छ।

यस ल्होछारको अवसरमा तामाङ समुदायले विभिन्न गुम्बा तथा घर–घरमा पूजा गरी सार्वजनिक स्थानमा दर्ज्यु गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद लिने,चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गर्ने प्रचलन छ।

प्रत्येक वर्ष सरकारले सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिँदै आएएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस