आज:  | Thu, 30, Jan, 2025

देशव्यापी रुपमा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै

१६ माघ २०८१, बुधबार ०७:०० मा प्रकाशित ( १ दिन अघि) ७७६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १६ माघ।

नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिने शहिदको स्मरणमा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागी राणाँ शासनसंग लडेका वीर सपुतको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइन्छ ।

मुलुकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा शहीद बनेका शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ मा धर्मभक्त माथेमालाई सिफलमा लगी मृत्युदण्ड दिइएको थियो। यस्तै गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा लगी तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

तत्कालीन काठमाडौं नगरपालिकाको २०१२ सालदेखिको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। पछिल्लो समयमा माघ १० देखि १६ सम्म राट्रिय शहीद सप्ताह मनाउने प्रचलन राखिएको छ।

आज(बुधबार) बिहान शहिद दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरिँदैछ। सो प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड बाजासमेका टोली र मार्चपास टोलीको प्रभातफेरि स्मारक लैनचौर पुगी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस