आज:  | Thu, 30, Jan, 2025

अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

१५ माघ २०८१, मंगलवार १७:१९ मा प्रकाशित ( २ दिन अघि) २३२६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १५ माघ ।

सरकारले हालै जारी अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने तयारी गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ १८ गतेदेखि हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारका प्रवक्ता तथा संन्चारमन्त्री गुरुङले मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, साथै अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय पनि गरेको छ ।”

अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको बताउँदै मन्त्री गुरुङले आवश्यकताका आधारमा सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट पारेका थिए। सोही बैठकले भोली माघ १६ का दिन विभिन्न कार्यक्रम गरी ‘सहिद दिवस’ मनाउने निर्णय पनि गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस