आज:  | Sat, 25, Jan, 2025

संस्कृति जोगाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्छ :उप–प्रधानमन्त्री सिंह

११ माघ २०८१, शुक्रबार ०७:२६ मा प्रकाशित ( २३ घण्टा अघि) १९२३ पटक पढिएको
नारी बाटिका


धादिङ,११ माघ ।

धादिङमा आयोजित लोक सांस्कृतिक महोत्सवको उद्धघाटन नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलेले गर्नु भएको छ।

धादिङवेशीमा बिहिबारदेखी संन्चालन भएको लोक सांस्कृतिक मेलामा प्रमुख अतिथिको रुपमा आउनु भएका सिंहले महोत्सवको पूर्ण सफलताको कामना गर्दै धादिङको लोक संस्कृतिलाई जोगाउन यस प्रकारका महोत्सवले महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो।

उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले महोत्सव आयोजना गर्ने संघ संस्था तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भन्नु भयो, “

यस्तै संस्कृतिलाई जोगाउने कार्य अत्यन्तै प्रशंसनीय छ। तपाईँहरूले यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ। म तपाईँहरूको प्रयासलाई उच्च मूल्याङ्कन गर्दछु।“

उहाँले धादिङ जिल्लाको विकास र पूर्वाधार निर्माणका कार्यक्रमबारे पनि चर्चा गर्दै संघीय, प्रदेश, र स्थानीय सरकारहरू मिलेर आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिनु भयो। उहाँले भन्नु भयो, “सबै काम एकै पटक सम्भव छैन, तर आवश्यकता र प्राथमिकताको आधारमा परियोजनाहरू अघि बढाउन हामी सक्दो सहयोग गर्नेछौं।“

‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित बिहिबारदेखि धादिङबेशीको खुल्ला मञ्चमा लोक सांस्कृतिक महोत्सव सुरु भएको हो । उद्धघाटन अघि धादिङबेसी पुछारबजारबाट बहु साँस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकी सहितको ¥याली निकालिएको थियो ।

मेलामा ‘अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुने आयोजकले बताएको छ । प्रतियोगितामा धादिङका सबै स्थानिय तहको ११ टिम र अन्य दुई टिम गरी १४ टिमको सहभागिता रहेको छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने जनाइएको छ ।

लोक सांस्कृतिक जिल्ला संघद्वारा आयोजित र्यालीमा विभिन्न गैह्रसरकारी संघ संस्थाहरु,विभिन्न जात जातिका भेष भुषा झल्कने पहिचान सहितको सहभागिता रहेको थियो ।

धादिङको मौलिक कला संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले यस लोक सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको महोत्सवबाट भएको खुद नाफाबाट कलाकार लोक कल्याणकारी कोष स्थापन गरिने आयोजक संस्था तथा सामुदायिक संचार तथा विकास केन्द्र धादिङका अध्यक्ष दिपक कोईरालाले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस