आज:  | Thu, 23, Jan, 2025

एमाले फेरी च्वैटिएर गयो,निष्कासनपछी डा.भीम रावलले नयाँ पार्टी खोले

९ माघ २०८१, बुधबार १८:१५ मा प्रकाशित ( १ दिन अघि) ७१४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ माघ ।

नेकपा एमाले फेरी च्वैटिएर गयो ,वरिष्ठ नेता भिम रावलले नयाँ पार्टी खोलेका छन् । आफुलाई एमालेबाट निष्कासित गरेपछी नेता डा. भीम रावलले आफ्नो नयाँ पार्टीको नाम सार्वजनिक गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक अवधारणापत्र अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहने बताउन भयो ।

वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म सङ्गठन निर्माण गरिने छ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी दिएका छन् ।

नेकपा एमालेमा रहेर आफूले जनताको हितमा काम गर्ने प्रतिवद्धताका साथ लागेको भएतापनि जनताको हितमा काम गर्ने मान्छे कहिल्यै एमालेमा स्थान नभएकोले आफले बनाउन लागेको नयाँ पार्टी गैरकम्युनिस्ट हुने रावलले बताएका छन् । पाँच दशकभन्दा बढी समय कम्युनिस्ट राजनीतिमा लागेर जिवन विताएका नेता रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिनु भएको हो ।

एमालेले पूर्वउपाध्यक्ष रावललाई गत पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले विभिन्न व्यक्ति र सङ्गठनसँगको भेटघाटमा तीव्रता दिँदै आउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस