आज:  | Wed, 22, Jan, 2025

रविलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराईँदै

९ माघ २०८१, बुधबार ०७:०६ मा प्रकाशित ( ६ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ माघ ।

विभिन्न जिल्लामा संन्चालित सहकारीको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका रास्वपाका सभापती रवी लामिछानेलाई एकपछी अर्को जिल्ला गर्दै अदालतमा उपस्थित गराउने काम भैरहेको छ ।

जस अनुसार उनलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराईँदैछ । यसका लागी मंगलबार भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने आज (बुधबार) रुपन्देही जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा उनीविरुद्ध रुपन्देही अदालतमा मुद्दा परेको थियो । सोही अभियोगमा अदालतमा हाजिर हुन मङ्गलबार बुद्ध एअरको विमानमार्फत उनी भैरहवा पुगेका छन् । उनी आफैँ आज अदालतमा उपस्थित हुने तयारी रहेको रास्वपा स्रोतले जनाएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो भने लामिछानेसँग मात्रै ४ करोड रुपैयाँ भन्दा बढी बिगो माग गरी उजुरी परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस