आज:  | Wed, 22, Jan, 2025

त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन आगमी चैत ५ गर्न सिफारिस

८ माघ २०८१, मंगलवार ०७:२० मा प्रकाशित ( २२ घण्टा अघि) १५८२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ८ माघ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ कम गर्ने भएको छ । सम्पन्न स्ववियु परिषदको बैठकले कार्यकारी परिषदमा सिफारिस गर्ने निर्णय गरेको हो। उक्त बैठकले स्ववियु निर्देशिका, र कार्यतालिका बनाउने तयारी गरेको छ।

बैठकले निर्वाचन कार्यविधि र तालिका पारित गरी कार्यकारी परिषदलाई पेस गरेको छ । सुक्रबार बसेको परिषद्को बैठकमा दुई सदस्य उपस्थित नभएपछि सोमबार बैठक बसेको हो । परिषद्को अध्यक्ष रेक्टर हुने व्यवस्था छ भने उपाध्यक्षमा रजिस्टार रहने व्यवस्था छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्रगतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ मा गर्न सिफारिस गर्दै  विद्यार्थी कल्याण परिषद्को सोमबार बसेको बैठकले उक्त मितिमा स्ववियु निर्वाचन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरेको छ ।

तर त्रिविको वार्षिक क्यालेन्डरमा भने फागुन १५ मा स्ववियु निर्वाचन गर्ने मिति तोकिएको थियो। यसअघि २०७९ मा सम्पन्न निर्वाचन पनि त्रिविले सिफारिस गरेको चैत ५ मै तोकिएको समयमा भएको थियो । यस पटक पनि चैत ५ मा निर्वाचन गर्न सिफारिस गरिएको परिषद्का सदस्य सचिव तथा विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

‘२०७९ मा निर्वाचित पदाधिकारीको कार्यकाल पूरा भएकाले समय मै स्ववियु निर्वाचन गर्दा उपयुक्त हुने भएकोले चैत ५ मा प्रस्ताव गरिएको हो,’ उनले भने । परिषद्ले निर्वाचन मिति तय गर्नेबारे त्रिवि कानुनी सल्लाहकारको समेत राय लिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस